Women Wellness Satellite

परिचय

सेवाहरू बारे जानकारी


वुमेन वेल्नेश स्याटलाईट (WWS) ले हङकङका सबै 18 जिल्लाहरूमा जिल्ला स्वास्थ्य केन्द्रहरू/एक्सप्रेसहरू (DHCs/Es) सँग सहकार्य गरी योग्य महिलाहरूलाई महिला स्वास्थ्य अवस्था अनुरुप स्वास्थ्य मूल्याङ्कन साथै परामर्श सहित क्यान्सर जाँच (व्यक्तिगत आवश्यकताहरू र  जोखिम अनुसार डाक्टरहरूको मूल्याङ्कन ) र स्वास्थ्य शिक्षा (जस्तै महिनावारी स्वास्थ्य, यौन स्वास्थ्य, पेरी-मेनोपज, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर, आदि) बारे गोष्ठी सहित रोकथाम-आधारित र थप व्यक्तिगत प्राथमिक स्वास्थ्य सेवाहरू प्रदान गर्न काम गर्छन् ।

 

चाई वानमा अवस्थित “WWS (हङकङ)” 12 जून 2025 बाट सञ्चालनमा आएको छ भने लाम टिन र चुन मुनमा अवस्थित “WWS (काउलुन)” र “WWS (न्यु टेरीटोरिज)” क्रमशः 10 सेप्टेम्बर 2025 मा बाट सञ्चालितमा आएका छन् ।

 

पृष्ठभूमि

हङकङको प्राथमिक स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न सरकारले सन् 2022 मा प्राथमिक स्वास्थ्य सेवा ब्लु प्रिन्ट (ब्लु प्रिन्ट) जारी गरेको थियो । ब्लु प्रिन्टले वृद्ध जनसंख्या र बढ्दो दीर्घकालीन रोगले ल्याएको चुनौतीहरूको प्रतिक्रियामा प्राथमिक स्वास्थ्य सेवा विकासको दिशा निर्देशनहरु र रणनीतिहरू तयार गर्दछ, जसको उद्देश्य जनताको समग्र स्वास्थ्यमा सुधार ल्याउनु र उनीहरूको जीवन लाई गुणस्तर बनाउनु हो । ब्लु प्रिन्टले प्राथमिक स्वास्थ्य सेवा सुधारका पाँच प्रमुख दिशाहरू निर्देशनहरु प्रस्तुत गरेको छ, जसमा (1) सामुदायिक प्राथमिक स्वास्थ्य सेवा प्रणाली विकास गर्ने; (2) प्राथमिक स्वास्थ्य सेवा प्रशासनलाई सुदृढ पार्ने; (3) प्राथमिक स्वास्थ्य सेवा स्रोतहरूलाई सुदृढ पार्ने; (4) प्राथमिक स्वास्थ्य सेवा जनशक्तिलाई बढावा दिने; र (5) डाटा जडान र स्वास्थ्य निगरानी सुधार गर्ने समावेश छ । सुधार दिशा निर्देशनहरुले  (1) DHC को सेवा मोडेलमा आधारित प्रत्येक जिल्लामा परिवार-केन्द्रित सामुदायिक स्वास्थ्य सेवा प्रणालीको थप विकास गर्ने, "सबैका लागि पारिवरिक डाक्टर" को अवधारणालाई सुदृढ पार्ने र सेवा दोहोरिने क्रमलाई कम गर्न स्वास्थ्य विभाग (DH) अन्तर्गत प्राथमिक स्वास्थ्य सेवाहरूलाई जिल्ला-आधारित सामुदायिक स्वास्थ्य प्रणालीमा क्रमशः स्थानान्तरण गर्ने सिफारिस गर्दछ । सन् 2024 को नीति सम्बोधनमा, प्रमुख कार्यकारीले महिला स्वास्थ्य केन्द्रहरूको सेवाहरूलाई एकीकृत गर्ने र थप अन्तरिम DHCE हरूलाई DHC हरूमा स्तरोन्नति गर्ने पहलहरू अगाडि सारेका छन्, जसको उद्देश्य सान्दर्भिक नीति कार्यान्वयन गर्नु हो ।

सन् 2024 को नीति सम्बोधन र ब्लुप्रिन्टमा उल्लिखित प्राथमिक स्वास्थ्य सेवा नीति निर्देशनहरू र सम्बन्धित उपायहरू कार्यान्वयन गर्न, DH अन्तर्गतका महिला स्वास्थ्य सेवाहरूलाई वुमेन वेल्नेश स्याटलाईट (WWS) नामक प्राथमिक स्वास्थ्य सेवा आयोग स्वास्थ्य ब्यूरोको जिल्ला स्वास्थ्य सञ्जालमा एकीकृत गरिनेछ ।

 

प्रतिकूल मौसम व्यवस्था

उष्णकटिबंधीय चक्रवात संकेत

  • आँधी संकेत नम्बर 8 वा सोभन्दा माथि जारी भएमा, सेवाहरू निलम्बित गरिनेछ ।
  • आँधी संकेत नम्बर 8 भन्दा कम भएको 2 घण्टा पछि सेवाहरू पुन: सुरु गरिनेछ, र प्रभावित अपोईन्टमेन्टहरु पुन: तालिकाबद्ध गरिनेछ।

कालो वर्षाको चेतावनी संकेत

 

  • यदि सञ्चालन अवधि भित्र कालो वर्षाको चेतावनी संकेत जारी भएमा, वुमेन वेल्नेश स्याटलाईट सामान्य रूपमा सञ्चालनमा रहनेछ ।
  • यदि सेवा सुरु हुनुभन्दा अघि कालो वर्षाको चेतावनी संकेत जारी भएमा, सेवाहरू निलम्बित गरिनेछ ।
  • सो संकेत रद्द भएको 2 घण्टा पछि सेवा पुन: सुरु गरिनेछ, र प्रभावित अपोईन्टमेन्टहरु पुन: तालिकाबद्ध अनुसार सुरु गरिनेछ ।